युवाको रोजाइमा एनिमल ट्याटु

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

पछिल्लो समय काठमाडौंसहित नेपालका मुख्य सहरहरूमा पनि  ट्याटु कल्चर फस्टाउँदो छ । विशेषगरी पोखरा, धरान, चितवनलगायतका क्षेत्रमा ट्याटु बनाउने बढ्न थालेका छन् । ट्याटुप्रति पहिले नकारात्मक बुझाइ थियो । तर, अहिले बिस्तारै मानिसले यसलाई कला, सुन्दरता, धर्म र प्रेमसँग जोड्न थालेका छन् । जसकारण, ट्याटुलाई हेर्ने दृष्टिकोण बदलिएको छ । ट्याटु विशेषगरी युवापुस्ताले खोपाउँछन् । तर, ४० कटेका केही वयस्कमा पनि ट्याटुको सौख देखिन्छ । 

जनावरको ट्याटु युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । सिंह, बाघ र पुतलीको ट्याटु धेरैले खोपाउँछन् । त्यस्तै, बिच्छी, ड्र्यागन, सर्प, माछा, बिरालो, फ्याउरो, हात्तीलगायतका ट्याटु पनि युवापुस्ताले मन पराउँछन् । धार्मिक ट्याटु पनि युवाको रोजाइमा पर्छ । उनीहरू बुद्धको चित्र, गणेशको चित्र खोपाउने गर्छन् । 

यी कुरामा ध्यान दिनुस्
तपाईं कुन डिजाइनको ट्याटु खोपाउँदै हुनुहुन्छ, त्यो कुरामा ध्यान दिनुपर्छ । कुन ट्याटु हाउसमा खोपाउँदै हुनुहुन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । ट्याटु खोपाउने ठाउँ सुरक्षित हुन पनि जरुरी छ । हेलचेक्र्याइँ भयो भने स्वास्थ्य, विशेषगरी छालामा संक्रमण र अन्य समस्या देखिन सक्छन् । एलर्जिक रियाक्सन यसैमध्येको एक हो । अर्कोतर्फ, डिजाइन राम्रो भएन भने हेर्दा नराम्रो पनि देखिन्छ । 

कुनै आर्टिस्टले डिजाइन बनाउन सक्दैमा राम्रो खोपाउँछ भन्न मिल्दैन । त्यसैले तपाईंले ट्याटु आर्टिस्ट कस्तो छ र त्यो कतिको सुरक्षित छ भन्ने कुरा बुझ्नुपर्छ । ट्याटुसम्बन्धी राम्रो ज्ञान भएको आर्टिस्टकहाँ गएर खोपाउँदा राम्रो हुन्छ । 

See More On

सुझावित समाचार