मेक्सिको विश्वकपकै एक बलियो टोली हो । काउन्टर अट्याक तथा लामो पास खेल्न रुचाउने मेक्सिकोले विश्वकपमा सधैँ राम्रो प्रभाव पारेको हुन्छ । मेक्सिकोले कुनै न कुनै संस्करणमा अप्रत्याशित नतिजा ल्याएको हुन्छ ।
चालू विश्वकपमा मेक्सिकोले एसियन जायन्ट जापानमाथि १–० को स्तब्ध नतिजा निकालेको थियो । विश्वकपमा अन्डर डग उपाधि पाएको मेक्सिकोले पछिल्लो सात संस्करणमा एकै किसिमको नतिजा व्यहोरेको छ ।
सन् १९९४ देखि २०१८ सम्मको विश्वकपमा मेक्सिकोले समूह चरण सहजै पार गर्यो । तर, दुर्भाग्य नै भन्नुपर्छ, समूह चरणमा उत्कृष्ट खेल पस्कने मेक्सिको नकआउट चरण (प्रिक्वार्टरफाइनल)भन्दा माथि उठ्न सकेको छैन । अर्थात्, पछिल्लो सात संस्करणमा मेक्सिको विश्वकपको प्रिक्वार्टरफाइनलमै सीमित भएको थियो ।