कप्तानका रूपमा धेरै खेल खेल्ने राफेल

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

विश्वकपमा मेक्सिकोका भेट्रान्स खेलाडी राफेल माक्विजेजको नाममा एउटा रेकर्ड स्थापित छ । विश्वकप इतिहासमै उनी कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने खेलाडीमा पर्छन् । विश्वकपको डाटाअनुसार उनले १७ खेलमा कप्तानी गर्दै प्रतिस्पर्धा गरेका थिए । सन् २००२ मा पहिलोपटक एसियाली भूमिमा जापान र दक्षिण कोरियाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । मेक्सिकोले विश्वकपमा स्थान बनाउँदा राफेल टोलीका कप्तान थिए । 

उनकै कप्तानीमा मेक्सिकोले सन् २००२ देखि २०१८ सम्म विश्वकपमा सहभागिता जनाएको थियो । राफेलले सन् २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । इक्वेडरसँगको एक मैत्रीपूर्ण खेलमा राफेलले डेब्यु अवसर पाए । डेब्यु गरेको पाँच वर्षपछि राफेलले विश्वकपमा स्थान बनाए । यसपटक उनी खेलाडीसँगै टोली नेताका रूपमा चिनिए । उनले आफ्नो समयमा मैदानभित्र विभिन्न तीन क्षेत्रमा कमान्ड सम्हालेका थिए । डिफेन्स, मिडफिल्डर र सेन्टर ब्याकमा उनको दक्खल निकै राम्रो थियो । 

मेक्सिकन टोलीबाट एक सय ४७ खेलमा उनले १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । डिफेन्समा रहँदा उनलाई कटाउन विपक्षी खेलाडीलाई मुस्किल पथ्र्यो । जब उनी मिडफिल्डको भूमिकामा देखिन्थे, त्यसवेला मेक्सिकन स्ट्राइकरहरूले सहजै गोलपोस्टमा बल पाउँथे । बहुप्रतिभाशाली तथा सबै खेलाडी टिम भावनामा प्रतिस्पर्धा गराउन सक्ने भएकाले नै उनले २००२ को विश्वकपमा कप्तानी गर्न अवसर पाए ।

रोफेलले करिअरमा एउटा खेल कहिल्यै बिर्सन सक्दैनन् । सन् २०१८ को रसिया विश्वकप छनोटमा मेक्सिकोले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । छनोट चरणमा अमेरिकालाई हराउँदा मेक्सिको रसिया विश्वकपमा पुग्न सक्थ्यो । प्रतिस्पर्धाको ८९औँ मिनेटमा उनले निर्णायक गोल गरी मेक्सिकोलाई रसिया विश्वकपको टिकट पक्का गराए । सो खेलमा मेक्सिकोले अमेरिकालाई २–१ ले हराएको थियो । 

See More On

सुझावित समाचार