गुल्मी २ बाट विष्ट विजयी, झाक्री पराजित

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । 

विष्टले २८ हजार ४८५ र झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेको गुल्मी क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता अमर केसिले जानकारी दिए ।  विष्ट एमालेका केन्द्रीयसचिव हुन् । 

सुझावित समाचार