गोरखाको दुई वटा प्रदेशसभामा कांग्रेसका उम्मेदवार विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा १(ख) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार न्यौपानेले १६ हजार दुई सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत पाए ।

स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीले तीन हजार पाँच सय ८८ मत प्राप्त गरेका थिए । यहाँ २९ हजार छ सय ८६ मत खसेको थियो  ।

यस्तै, गोरखा २ मा (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्त गुरुङले पाँच हजार सात सय ६७ मत प्राप्त गरेका थिए । यहाँ २७ हजार तीन सय २७ मत खसेको थियो ।
 

सुझावित समाचार