जाजरकोट प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् ।
उनले १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् । जाजरकोट प्रदेशसभा ‘ख’मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।