जाजरकोटमा पुर्वगृहमन्त्री शक्ति बस्नेत अगाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

जाजरकोटमा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।  जाजरकोटमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले अग्रता लिएका हुन् ।

पछिल्लो मत गणनामा बस्नेतले दुई हजार ६ सय ८४ म ल्याएका छन् । यस्तै नेकपा एमालेका निरज आचार्यले दुई हजार एक सय नौ  मत ल्याएका छन् । जाजरकोट प्रदेस सभा (ख)८ हजार नौ सय २१ मतगणना गर्दा कांग्रेसका राजिब बिक्रम शाहले चार हजार ८ सय ४८ ल्याएर अग्रता लिएका छन् ।

एमालेका खिमबहादुर शाहीले तीन हजार तीन सय ६८ मत ल्याएका छन् ।
 

सुझावित समाचार