काठमाडौंका १० क्षेत्रको मतगणनामा के हुँदै छ प्रगति ?

सोमबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत काठमाडौंका दश निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना अझै सुरु भएको छैन । 

अधिकांश निर्वाचन क्षेत्रको मतगणना सोमबार बिहानबाट हुने भएको छ । केहीमा भने अहिले सर्वदलीय बैठक चलिरहेको छ । 

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयकाअनुसार काठमाडौं १ को मतगणना बिहान सर्वदलीय बैठक बसेपछि सुरु हुनेछ । काठमाडौं २ र ३ को पनि बिहान सर्वदलीय बैठकपछि गर्ने सहमति दलहरूबीच भएको छ । 

काठमाडौं ४ मा अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा सहमति जुटे आजैबाट मतगणना हुनेछ । सहमति नजुटे भोलि बिहानबाट गणना प्रारम्भ हुनेछ ।

काठमाडौं ५ र ६ मा सोमबार बिहान आठ बजे सर्वदलीय बैठक बस्ने र नौ बजेबाट गणना सुरु हुने छ । काठमाडौं ७ मा अहिले सर्वदलीय बैठक बस्न लागेको छ । गणना सुरु गर्ने वा बिहानबाट गर्ने भन्ने निर्णय बैठकले लगाउनेछ । 

काठमाडौं ८ मा बिहान ८ बजे, ९ मा बिहान ७ बजे र १० मा बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ । त्यसपछि गणना सुरु हुनेछ । 

सुझावित समाचार