पश्चिम नवलपरासीमा १०३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन् । आज भइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ धरमपुर निवासी १०३ वर्षीया फुलमती तामाङले मतदान गरेकी हुन् ।
उनले पश्चिम नवलपरासीको ज्ञानज्योति आधारभूत विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गरेकी हुन् । पश्चिम नवलपरासीमा २ लाख ४० हजार ९ सय ३० मतदाता रहेका छन् ।
यहाँ २ क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ४ क्षेत्रमा प्रदेश सभा सदस्यका लागि प्रतिप्रधा भईरहेको छ । पश्चिम नवलपरासीमा १ सय २० वटा मतदान स्थल कायम गरिएकाे छ । जहाँ २ सय ८७ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।