लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्धोदय माबि केन्द्रबाट मतदान गरेका छन् । गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट  बिहान मतदान गरेका हुन् । 

यस्तै, लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका-८ बलिथुमस्थित भारती सदन आधारभूत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन् ।  गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट बिहान मतदान गरेका हुन् ।

See More On

सुझावित समाचार