कांग्रेस महामन्त्री गगनकुमार थापाले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गरे । उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए।

उनले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताएका छन् । महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन्। 

See More On

सुझावित समाचार