अञ्जनको गोलमा नेपाल विजयी, पाकिस्तान निराश

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको छ। 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ८३औँ मिनेटमा अञ्जन विष्टले गरेको निर्णायक गोलको मद्दतमा नेपाल विजयी भएको हो। 

नेपालले पाकिस्तानसँग पाँचौँ जित निकालेको हो। नेपालले हालसम्म पाकिस्तानसँग १७ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ५ खेल जित्दा पाकिस्तानले ७ खेलमा हराएको छ भने पाँच खेल बराबरीमा सकिएको छ।

सुझावित समाचार