१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ २ बुधबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाहुना आएका मामाको हत्या आरोपमा भान्जा पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:११:oo

पाहुना आएका मामाको हत्या आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका– ८ स्थित कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरीशनिश्चरे नपा– ८ का ४२ वर्षीय मामा काजी मोहराको हत्या आरोपमा भान्जा २२ वर्षीय सुजन पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

घरायसी वादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी– ८ घर भएका भान्जा सुजनले मामा काजीलाई धारिलो हतियार टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

उनको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा २८ कात्तिक बिहान १ बजे मृत्यु भएको थियो ।  मामाको मृत्यु भएपछि भान्जा सुजनलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  

ad
ad