मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक २८ सोमबार o७:१२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नमुना मतदान : चार सय ७६ मध्ये ९८ मत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार o७:१२:oo

 जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । आठवटै स्थानीय तहमा खसेको चार सय ७६ मध्ये ९८ मत बदर भएको छ । 

चन्दननाथ नगरपालिकामा खसेको एक सय चारमध्ये ९१ सदर र १३ मत बदर भएको छ । सिँजा गाउँपालिकामा ३७ मतमध्ये २८ सदर र आठ मत बदर भएको छ । कनकासुन्दरीमा ४८ मध्ये सदर ३६ र १२ मत बदर भएको छ ।

पातारासीमा खसेको ३८ मतमध्ये सदर २४ र बदर १४ मत, हिमा गाउँपालिकामा ४२ मतमध्ये सदर ३० मत र १२ मत बदर भएको छ । तातोपानीमा खसेको ५९ मतमध्ये ५० मत सदर र नौ मत बदर, तिलामा खसेको ७२ मतमध्ये ५४ मत सदर र १८ मत बदर, गुठीचौरमा खसेको ७२ मतमध्ये ६० सदर, १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

बदर मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंले बताए ।’