मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २६ शनिबार १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीको पानी चाँडै ल्याउने कोशिश भइरहेको छ :  प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १२:१७:oo

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो जितले शिक्षालाई आधुनिकीकरण र रोजगारमुखी बनाउने बताएका हुन्।

उचित कानुन निर्माण गरेर बेरोजगारलाई रोजगारमा परिवर्तन गर्न देशैभरी प्राविधिक शिक्षालाई जोड दिने उनले बताए।  सिंहले युवालाई स्वरोजगार बनाउन सरकारकोतर्फबाट विभिन्न ट्रेनिङ सेन्टर खोल्नुपर्ने बताए।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई डिजिटलाइजेसन गर्दै शिक्षा क्षेत्रमा रहेको खाडल पुर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो। नेता सिंहले काठमाडौं क्षेत्रका नदी, नालाको पर्यावरण सुधारमा विगतदेखि गर्दै आएको कामलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

मतदाताहरु विगतमा आफ्ना कामबाट खुशी भएको दाबी गर्दै उनले पानीको समस्याबारे जनताको गुनासो सम्बोधन गर्न आफू तयार रहेको बताए। मेलम्चीको पानी जतिसक्दो चाँडो ल्याउने कोशिश भइरहेको भन्दै उनले पानीको समस्या अन्त्यका लागि काठमाडौंका नदीलाई संरक्षण गर्न वैकल्पिक स्रोत तयार गर्ने सम्बन्धमा काम भइरहेको बताए।