१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Saturday, 21 September, 2024
२o७९ कार्तिक २६ शनिबार १o:२३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर २ (ख): प्रतिष्पर्धीदेखि विपक्षीसम्मको समर्थन लिदै बानियाँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १o:२३:oo

दुईवटा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मवकापनुरमा प्रतिनिधि सभाले जस्तै प्रदेश सभाको निर्वाचनले पनि माहोल तताएको छ । चुनाव नजिकिँदै जाँदा मकवानपुरको ४ वटा प्रदेशसभा क्षेत्रमध्ये मकवानपुर क्षेत्र नम्बर २ (ख) को चुनावी तापक्रम बढेको छ ।

यस क्षेत्रको चुनावी तापक्रम बढ्नुको मुख्य कारण हुन् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ । उनी यसक्षेत्रबाट दोस्रोपटक प्रदेश सभा सदस्यका लागी चुनावी प्रतिस्पर्धामा छन् । बानियाँसँगै यस क्षेत्रमा नेकपा एमालेका लालबहादुर थापा मगर, राप्रपाका बद्रीबहादुर खड्कासहित विभिन्न राजनितिक दल र स्वतन्त्रगरि नौजना उम्मेदवार छन् ।

चुनावी प्रतिस्पर्धामा रहका सबै उम्मेदवारले आफुले जित्ने दाबी गरिरहँदा मकवानपुर क्षेत्र नम्बर २ (२) मा कांग्रेसका बानियाँ र एमालेका थापाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् भने एमालेका थापालाई राप्रपा नेपालको समर्थन रहेको छ । 

अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको यस क्षेत्रमा राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको छ । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका बानियाँले तत्कालिन बाम गठबन्धनका उम्मेदवार राजाराम स्याङ्तानलाई १४ सय ११ मतान्तरले पराजित गरेका थिए । बानियाँले १९ हजार दुईसय ४५ र स्याङ्तानले १७ हजार आठसय ३४ मत पाएका थिए ।

अघिल्लो चुनावमा नेकपाको उम्मेदवारलाई एक्लै पराजित गरेका बानियाँलाई यो पटक माओवादी र एमालेबाट फुटेर बनेको समाजवादीको पनि साथ छ । यस हिसावले चुनावको परिणाम बानियाँको पक्षमा देखिन्छ । बानियाँसँग प्रतिष्पर्धाको लागि एमालेले लालबहादुर थापालाई मैदानमा उतारी रहँदा यसअघि बानियाँसँग पराजित स्याङ्तानको साथ पनि बानियाँलाई छ । स्याङ्तान बानियाँको चुनावी कमाण्डर बनेका छन् ।

गणितीय मतान्तरमा बानियाँ अगाडि
मकवानपुर क्षेत्र नम्बर २ (ख) मा कुल ६७ हजार चार सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्दछ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७/७ वटा वडामा विजयी भएका थिए ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षहरुले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । स्थानीय तह चुनावमा यस क्षेत्रमा कांग्रेसका वडाध्यक्षहरुले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । 

यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । यसरी हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि छ । आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको मत पनि जोडिनेछ । २०७४ सालको निर्वाचन र अहिलेको स्थानीय तहको अंक गणित अनुसार पनि आसन्न निर्वाचनमा बानियाँ अघि देखिन्छन् । तर मंसिर ४ मा मतदाताले गर्ने मतदान निर्णायक हुनेछ ।

प्रतिष्पर्धीदेखि विपक्षीहरुसम्मको समर्थन 
२०७० को संविधान सभा निर्वाचनमा कम्युनिष्टहरुको लालकिल्ला मानिने मकवानपुरमा पहिलोपटक कांग्रेसको झण्डा गाड्न सफल बानियाँ चुनावमा जितको ब्राण्ड मानिन्छन् । उनले २०७४ क्षेत्र परिवर्तन गरेर क्षेत्र नम्बर २ को (२)बाट समेत चुनाव जितेपछि उनलाई मकवानपुरेले चुनावको ब्राण्डको रुपमालिन थालेका हुन् ।
यसपटक लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै लगेका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङ र नेपाली कांग्रेस (वीपी)बाट उम्मेदवार बनेका पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै बानियाँलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका चेपाङ नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष हुन् भने तितुङ कांग्रेस छोडेर वीपी कांग्रेसमा प्रवेश गरेका थिए । यस्तै नेपाली कांग्रेसबाट असन्तुष्ट भई वीपी कांग्रेस प्रवेश गरेका कुमार बल, रामकुमारी घलान र जानुकी लामा पुनः कांग्रेसमै फर्कँदै बानियाँलाई समर्थन जनाएका छन् । उनीहरु तीनैजना वीपी कांग्रेसबाट प्रदेश सभामा समानुपातिक उम्मेदवार रहेका थिए । उनीहरुले प्राविधिक रुपमा उम्मेदवारी निस्कृय नभएपनि राजनितिक रुपमा उम्मेदवारी स्थगन गर्दै कांग्रेसमा फर्किएको र बानियाँलाई सघाउने बताएका छन् ।