१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २४ बिहीबार १o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाका ७५ नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १o:४८:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार  एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर उनीहरूलाई स्वागत गरे । 

कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरि खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् ।  कार्यक्रममा लामाले कम्युनिस्ट पार्टीको रक्षा पुनः एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।