विप्लव नेतृत्वको नेकपाका ७५ नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार  एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर उनीहरूलाई स्वागत गरे । 

कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरि खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् ।  कार्यक्रममा लामाले कम्युनिस्ट पार्टीको रक्षा पुनः एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।

सुझावित समाचार