१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Wednesday, 03 July, 2024
रासस काठमाडौं
२o७९ कार्तिक २३ बुधबार २२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पत्रकार अधिकारी मृत फेला 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार २२:१५:oo

पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए। 

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। 

प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा उनी पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेका हुन्।अधिकारीकाे घटनाबारे अनुसन्धान भइरहेको मैनालीले बताए।

अधिकारी विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध थिए। उनका धम्बोजी, जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य र रुपबजारकी नोरा पुस्तक प्रकाशित छन्। 

ad
ad
ad
ad