१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

काठमाडौंमा घन्कियो हंगेरीको लोकसंगीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१४:oo

काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

हंगेरीको रैथाने गीत–संगीतको प्रस्तुतिले नेपाल पर्यटन बोर्डको हललाई गुञ्जायमान बनाएको थियो । कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सका महासचिव शान्तकुमार श्रेष्ठले बताए । 

ad
ad