१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २३ बुधबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी बिमा पोलिसी कपी नगर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार o६:१८:oo

विदेशी बिमा कम्पनीको पोलिसी कपी नगर्न नेपाली बिमा कम्पनीहरूलाई बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । नेपाल पुनर्बिमा कम्पनी नवाैँ वार्षिकोत्सवमा बोल्दै उनले पुनर्बिमा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक बनाउन आग्रह गरे । कम्पनीले मुलुकभित्रभन्दा पनि बाहिरी व्यवसायलाई थप आकर्षक बनाउन उनले सुझाव दिए । नेपाल र नेपालीलाई सुहाउँदो रचनात्मक पोलिसी निर्माण गर्नसमेत उनले सुझाव दिए । 

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरेले आगामी दिनमा पुनर्बिमा व्यवसाय थप चुनौतीपूर्ण बन्दै जाने बताए । वातावरण परिवर्तनका कारण विश्वमा नयाँ–नयाँ चुनौती थपिएका छन् । यसले बिमा व्यवसायमा नयाँ खालका जोखिम थपिएको छ । जसकारण आगामी दिनमा पुनर्बिमा व्यवसाय थप कठिन बन्ने उनले बताए । 

कार्यक्रममा बोल्दै नेपाल बिमक संघका अध्यक्ष एवम् सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले नेपाल पुनर्बिमा कम्पनीलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने बताए । कम्पनीमा नेपाल सरकार र बिमा कम्पनीको लगानी रहेको छ ।
 

ad
ad
ad
ad