आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले दसैँ–तिहारमा एक सय युनिटभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । कम्पनीले ६ भन्दा बढी मोडेलका एकपटकको चार्जमा तीन सय २० किलोमिटरसम्म माइलेज दिने स्कुटर बिक्री गरेको हो ।
उचित मूल्य, राम्रो माइलेज, विश्वसनीयता र आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा लोकप्रियता हासिल गर्दै गएको कम्पनीले दाबी गरेको छ । राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रतिकिलोमिटर ३० पैसाभन्दा कम खर्च हुने हुनाले पेट्रोल इन्जिनको तुलनामा उपभोक्ताले तीन वर्षभित्र करिब दुई लाख ५० हजार रुपैयाँ बचत गर्न सक्ने कम्पनीको जिकिर छ ।
यसमा फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एड्जसटेबल सोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जका लागि १० एम्प चार्जर रहेको कम्पनीले जनाएको छ । त्यस्तै, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डिआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्रीलगायतका विशेषता रहेको कम्पनीको दाबी छ । आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले स्कुटरको मूल्य एक लाख ९९ हजार रुपैयाँ रहेको बताए ।