मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २२ मंगलबार o९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विगत ५ वर्षका भौतिक विकासले मतदाताको मन जित्न सकेको छु : नेता सिंह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o९:३९:oo

कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन्। आज घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् । 

पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंहले आज पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । चुनावी प्रचारकै क्रममा आज उनले यस क्षेत्रबाट आफूलाई मतदाताले  तीनपटक विश्वास गरेको र सुरुको दुईपटक संविधान निर्माणमा व्यस्त रहनुपरेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको विकासका लागि गतिविधि अगाडि बढाएको बताए । 

हरेक टोलटोलमा आफूले कुनै न कुनै प्रकारको विकासको योजना जनतासामु पुर्‍याएको उनले बताए। सुकुमबासी समस्या समाधानदेखि लिएर सामुदायिक विद्यालय सुधारका लागि आफूले काम गरेको उनले भनाइ थियाे । उनले सोही कारण पनि यसपटक मतदाताले सकारात्मक प्रतिक्रिया दिइरहेको जानकारी दिए ।

यसपटक विकासको कामका विषयलाई लिएर जनगुनासो कम रहेको उनले बताए । मतदाताले मेलम्ची पानीकोबारे गुनासो गरेको बताउँदै उनले केही समय कुरिदिन आग्रह गरे । उनले संविधान कार्यान्वयन गर्न कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत दिनसमेत आग्रह गरेका छन्।