१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी सिड्नी
२o८१ बैशाख २५ मंगलबार o७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

श्रीलंकाली ब्याट्सम्यान धनुष्कालाई धरौटीमा छोड्न अस्वीकार

Read Time : > 1 मिनेट
एजेन्सी, सिड्नी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५९:oo

बलात्कार आरोप लागेका श्रीलंकाका स्टार ब्याट्सम्यान धनुष्का गुनाथिलकालाई धरौटीमा रिहा नगर्न सिड्नीको स्थानीय अदालतले आदेश दिएको छ । यसअघि, ६ नोभेम्बर बिहान धनुष्कालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित श्रीलंकाली टोली बसेको होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध एक २९ वर्षीया महिलाले बलात्कारको अभियोगमा उजुरी दिएकी थिइन् ।

धनुष्काका वकिल आनन्द अमरनाथले यस निर्णय ‘स्तब्धकारी’ रहेको बताएका छन् । उनले यस निर्णयविरुद्ध न्यु साउथ वेल्स सर्वोच्च अदालतमा जाने संकेत गरेका छन् । धनुष्कालाई श्रीलंका क्रिकेट संघले समेत निलम्बन गरेको छ । भर्खरै टी–२० विश्वकपमा सहभागी भएका अन्य सबै खेलाडी भने श्रीलंका फर्किसकेका छन् । सुपर १२ बाट श्रीलंका बाहिरिएपछि उनीहरू स्वदेश फर्किएका हुन् । समूह ‘ए’मा केवल चार अंक बटुलेको श्रीलंका चौथो स्थानमै समेटिएको थियो । यस समूहमा शीर्ष दुई स्थान हासिल गरेका न्युजिल्यान्ड र इंग्ल्यान्ड समान ७ अंकसहित सेमिफाइनल पुगिसकेका छन् । 

 विश्वकपकै दौरान विवाद र जेल
श्रीलंकाबाट टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गरेका ३१ वर्षीय ब्याट्सम्यान धनुष्का १९ अक्टुबरमा तिघ्रामा चोट लागेर घाइते भएका थिए । जसकारण उनले विश्वकपको सुपर १२ का खेल खेल्न पाएनन् । यद्यपि, उनी ‘स्ट्यान्ड बाई’ खेलाडीका रूपमा अष्ट्रेलियामै थिए । 

टिम होटेल छाडेर बुधबार रोजा बे पुगेका धनुष्काले त्यहाँ एक २९ वर्षीय महिलालाई बलात्कार गरेको सिड्नी प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप छानबिन गरिरहेको छ । ‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनअघिदेखि उनीसँग कुराकानी गरेकी रहिछन् । त्यसको केही दिनपछि धनुष्काले ती महिलालाई भेटेको देखिन्छ,’ न्यु साउथ वेल्स प्रहरीले एजेन्सीलाई बताएको छ, ‘त्यसपछि क्रिकेटरले यौन दुव्र्यवहार गरेको महिलाको आरोप छ ।’ ती महिलाले आफ्नो सहमतिबेगर धनुष्काले चारपटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन् । 

धनुष्काले नोभेम्बर २०१५ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० खेलेका छन् । धनुष्काले अहिलेसम्म आठ टेस्टमा १८.६९ को औसतमा दुई सय ९९ रन बनाएका छन् । ४७ एकदिवसीयमा उनले ४६ इनिङ्समा एक हजार ६ सय एक रन बनाएका छन् । एकदिवसीय खेलमा उनले दुई शतक तथा ११ अर्धशतक बनाएका छन् । उनले ४६ अन्तर्राष्ट्रिय टी–२० मा ४५ इनिङ्समा सात सय ४१ रन बनाएका छन् । धनुष्काको नाममा टी–२० मा तीन अर्धशतक पनि छ ।

बलात्कारको आरोप लागेका ७ चर्चित क्रिकेटर

 

 

ad
ad