मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २१ सोमबार १९:४९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आठौँ नेपालगन्ज म्याराथनकाे टिसर्ट सार्वजनिक

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २१ सोमबार १९:४९:००

२४ मंसिरमा आयोजना हुने आठौँ ‘नेपालगन्ज म्याराथन’ को टिसर्ट सार्वजनिक भएको छ। ४ मंसिरमा आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कारण पछाडि सारिएको हो। 

म्याराथनको टिसर्ट सोमबार एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टलगायतले सार्वजनिक गरेका हुन्। 

हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनको यो आठौँ संस्करण हो। यस वर्ष विभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए। उनले कर्पोरेट रनतर्फ महिलालाई यस वर्ष थप गरिएको बताए। 

'पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाफ म्याराथन (२१ किमि), १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुलस्तरीय छात्रा, किड्स रन (८–१२ वर्ष उमेर समूह), २ किमि कर्पोरेट रन पुरुष तथा महिला, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ। स्कुलस्तरीय दौड बाँके जिल्लास्तरीय मात्र हुनेछ,' उनले बताए। 

नेपालगन्ज म्याराथनमा ४२.१९५ किमि, २१ किमि, १० किमि र ५ किमि गरी चार रेसलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले प्रमाणीकरण गरेको छ।

हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रूपमा रहने आयोजकले जनाएको छ। टिसर्ट सार्वजनिक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू प्रतिबद्ध रहेको बताए। 

नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुसी र गौरवको अनुभूति भएको बताउँदै मेयर विष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको उनको भनाइ थियो। ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार छ,’ उनले भने। 

आर्थिक, नैतिक र प्राविधिक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार रहेको उनले बताए। ‘म्याराथनलाई सामान्य दौडका रूपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो र सम्भावना छ, हामी हरेक पाटोमा साझेदारी गर्न तयार छौँ,’ मेयर विष्टले भने।