१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २० आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंकले बढ्यो नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २० आइतबार १६:२०:००

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। 

आइतबार नेप्से परिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ८.०९ अंक, फ्लोट इन्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१६ अंकले बढेको छ।

कारोबारमा आएका दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ।
 
यस दिन नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फन्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ। 

कारोबारमा आएको जलविद्युत् उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटेल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेस्डाे  समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

त्यस्तै, उन्नति सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार नेस्डाे समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।