१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ११:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फिटनेसका लागि नियमित जुम्बा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ११:०७:००

जुम्बाका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । यसले तपाईंको शरीरलाई स्वस्थ राख्छ । तपाईंलाई ऊर्जाशील बनाउँछ । जुम्बामा झन्डै एक घन्टाको क्लास हुने गरेको छ । जसमध्ये १० मिनेट वार्मअप र पाँच मिनेट कुलडाउन हुन्छ ।

त्यसपछिको समय त पार्टी गरेजसरी बित्छ । यदि तपाईंले जुम्बा गरिसक्नुभएको छैन भने आउनुस् र सुरु गर्नुस् । यो अन्य फिटनेस वर्कआउटभन्दा फरक छ । यसले वर्कआउटभन्दा पनि एउटा डान्स पार्टीजस्तो महसुस गराउँछ  ।

सबै उमेर समूहकाले यो गर्न सक्छन् । १२ वर्षदेखि ६० वर्षसम्मका मानिस आउन सक्छन् । स्टेपहरू फलो गर्नलाई धेरै सहज छ । कहिलेकाहीँ इन्स्ट्रक्टरले तपाईंलाई सीधै सिकाउँछन् ।

कहिलेकाहीँ इन्स्ट्रक्टरले गरेका स्टेप ऐनामा हेरेर तपाईंले सिक्नुहुन्छ । तर, जसरी सिके पनि तपाईंको अनुहारमा हाँसो भने हुनेछ, यो नै महत्वपूर्ण कुरा हो । स्ट्रेसबाट बाहिर निस्कन र फिटनेसका लागि जुम्बा महत्वपूर्ण  छ ।