१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १९ शनिबार २o:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित (तस्बिर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार २o:१७:oo

वर्षा ओलीको निर्णायक गोलप्रेरित नेपालले यू–१५ महिला साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा वर्षाले गोल गरेपछि नेपालले बंगलादेशलाई शनिबार १–० अन्तरले पराजित गरेको हो । जितसँगै नेपालले तालिकामा दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । पहिलो खेलमा वर्षाको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ७–० ले पराजित गरेको हो । समान दुई खेलबाट बंगलादेशको तीन अंक रहँदा भुटान विनाअंक तालिकाको पुछारमा छ । डबल राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगितामा तीन टोली सहभागी छन् । तालिकाको शीर्ष स्थानमा रहने टोली सीधै च्याम्पियन बन्नेछ । अब नेपालले ९ नोभेम्बरमा भुटानको चुनौती सामना गर्र्दा ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । 

वर्षाको पाँचौँ गोल 
जारी प्रतियोगितामा नेपालकी स्ट्राइकर वर्षाले सर्वाधिक पाँच गोल गरेकी छिन् । यसअघि भुटानविरुद्ध प्राप्त ७–० को जितमा वर्षाले एक्लै चार गोल गरेकी थिइन् । दोस्रो खेलमा घरेलु टोली बंगलादेशले पोसेसन बनाए पनि नेपाल गोल गर्न सफल भयो । खेलको ८७औँ मिनेटमा नेपालले मैदानको मध्यभागमा फ्रिकिक पाएको थियो । सिमरान राईले फ्रिकिकमा पाएको बललाई बक्सभित्र अनमार्क रहेकी वर्षालाई उपलब्ध गराउँछिन् । सोही बललाई वर्षाले उत्कृष्ट ढंगले जाली चुमाउन पुगेकी थिइन् । यस गोलसँगै वर्षा जारी प्रतियोगितामा सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेकी छिन् ।

च्याम्पियन बन्छौँ : प्रशिक्षक भगवती
बंगलादेशलाई पराजित गरेसँगै नेपाली टोलीकी प्रशिक्षक भगवती रानामगरले च्याम्पियन बन्ने दाबी गरेकी छिन् । लगातार दोस्रो जित निकालेपछि उनले भनिन्, ‘बंगलादेशसँग निकै गाह्रो भयो । यद्यपि, जित्न सफल भएका छौँ । हामी सबै खेल जित्दै च्याम्पियन बन्न चाहन्छौँ,’ रानाले भनिन् । उनले बंगलादेशसँग खेल निकै गाह्रो भएको र जित निकाल्दा खुसी भएको प्रतिक्रिया दिइन् । ‘