मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक १९ शनिबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा तीन लाख नगदसहित ३८ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १५:५५:oo

लमजुङ प्रहरीले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका २ ठाउँबाट नगद २ लाख ८१ हजार  १ सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो। 

प्रहरीले बेँसीसहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने वर्ष ५७ का गणेशप्रसाद श्रेष्ठको घरमा हारजितको बाजी राखी जुवा (कौडा) खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। 

प्रहरीका अनुसार पक्राउ पर्ने सबै बेँसीसहर नगरपालिका ११ का छन्। यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने वर्ष ४४ का रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अवस्थामा दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको डिएसपी श्रीमलले बताए। पक्राउ परेका  १२ जना सुन्दरबजार नगरपालिकानिवासी छन् भने एकजना तनहुँका हुन्।