मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार ०९:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको मञ्चन तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार ०९:३८:००

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ का लागि विश्वभरबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ । मण्डला थिएटरको आयोजनामा ९ मंसिरबाट सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको सूची तथा नाटकहरू मञ्चन हुने समय महोत्सवको आधिकारिक वेबसाइट (नेटफेस्ट)मार्फत सार्वजनिक गरिएको हो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । 

तालिकाअनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटक मञ्चन हुनेछन् ।

नौ दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले यस महोत्सवलाई नाटकप्रेमीहरूले निकै उत्साहका साथ नियालिरहेको बताइन् ।