मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 17 December, 2024
मुख्य समाचार डिजिटल संस्करण

‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्ने स्वतन्त्र पार्टीको वाचा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १४:o७:oo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार सार्वजनिक सो पार्टीको वाचापत्रमा निर्वाचन प्रक्रिया सुधारका लागि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गरिने उल्लेख छ। राइट टु रिजेक्ट भनेको कसैलाई भोट दिन्न भनी मत दिने अधिकार हो भने राइट टु रिकल निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार हो।

सो पार्टीको चुनावी वाचापत्रमा राष्ट्रिय निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने र प्रत्यक्ष निर्वाचनमा न्यूनतम ३३ प्रतिशत महिला उम्मेदवार कायम नगर्ने दललाई चुनावमा सहभागी हुन नदिने व्यवस्था गर्ने उल्लेख गरिएको छ।