१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नेपाल समाजवादी पार्टीबाट काठमाडौं ७ मा उम्मेदवारी दिएकी मानुषी यमी भट्टराई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्दै । मानुषीलाई सत्तागठबन्धनको समर्थन रहेको छ ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भोट माग्न आएकी मानुषीलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मीदम्पतीले भने– जितको शुभकामना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२९:oo

सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई मत माग्ने क्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता अमृतकुमार बोहराको घरमा पुगिन् । मतदाताको घरदैलो पुग्ने क्रममा निर्वाचनमा प्रतिस्पर्धी दल एमालेको उपाध्यक्षसँग बुधबार मानुषीले शुभेच्छा र साथको अपेक्षा गरिन् । आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोत भन्दै उनले अष्टलक्ष्मी र अमृतको खुलेर प्रशंसा गरिन् । 

अष्टलक्ष्मीदम्पतीसँगको भेटपछि मानुषीले भनिन्—

उहाँहरू मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँहरूले संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति सम्मान गर्दै सुशासन र समृद्धिको बाटोमा लाग्नेछु ।

हरेकजसो राजनीतिक परिवर्तनका आन्दोलनमा अष्टलक्ष्मी अग्रस्थान हुने गरेकी छिन् । मानुषीले भनिन्, ‘प्रेरणाको स्रोत, आदरणीय अंकल, आन्टी हुनुहुन्छ । उहाँहरूले यति संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति सम्मान गर्दै त्यसैलाई आधार मानेर अगाडिको सुशासन र समृद्धिको बाटोमा हामी एकढिक्का भएर एउटै मिसन बनाएर जान आतुर छौँ । उहाँहरूको शुभेच्छा र साथ रहोस् भन्ने आग्रह गर्छु ।’

अष्टलक्ष्मी र अमृतले पनि मानुषीजस्ता उम्मेदवारले जित्नुपर्ने भन्दै जितको शुभकामना दिए । शाक्यले देश बनाउन गणतन्त्रवादी र समाजवादी नमिली सुखै नभएको बताइन् । ‘यथास्थितिमा अलग–अलग भएर, गालीगलौजबाट काम छैन । देश बनाउने हो भने नमिली सुखै छैन ।’ शाक्यले भनिन्, ‘गणतन्त्र साझा, समाजवाद मिलेर जानुबाहेक उपाय छैन, यथास्थितिमा बसेर हुँदैन ।’ 

मानुषीले पनि अगाडिको मिसन साझा भएको बताइन् । ‘तपाईंहरूले देखाउनुभएको बाटोलाई अझ अगाडि बढाउनेछौँ’ उनले भनिन् । मानुषीले अष्टलक्ष्मी र अमृतकुमारको घरमा मत मागेर भलाकुसारी गरेको र उनीहरूले आशीर्वाद र शुभकामना दिएको बताइन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अष्टलक्ष्मी शाक्यलाई काठमाडौं ७ बाट निर्वाचनमा उठाउन खोजेका थिए । तर, शाक्यले निर्वाचन नलड्ने अडान लिएकी थिइन् । शाक्यले युवालाई अवसर दिनुपर्ने भन्दै उम्मेदवार बन्न अस्वीकार गरेपछि एमालेले ६८ वर्षीय श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धन र उसका समर्थक उम्मेदवारलाई चर्को आलोचना गरिरहेका वेला एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने जितको शुभकामना दिएकी छिन् ।

३६ वर्षीया मानुषीले काठमाडौं ७ मा चुनावी अभियानलाई तीव्र पारेकी छिन् । उनले घरदैलोका साथै सामाजिक सञ्जालबाट समेत प्रचार–प्रसार गरिरहेकी छिन् । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी माओवादीको चुनाव चिह्न हँसिया–हथौडा लिएर चुनावी मैदानमा होमिएकी छिन् । 

ad
ad