हल्का पेय पदार्थ म्याक्स टाइगर खरिद गरेका सिराहा लाहानका एक व्यवसायीले स्मार्ट टेलिभिजन उपहार पाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१, कचनारी घर भई लाहान–५ मा बस्दै आएका मनोज साहले ४८ इन्चको स्मार्ट टिभी उपहार पाएका हुन् ।
एग्रो थाई फुड्स प्रालि काठमाडौंको उत्पादन हल्का पेय पदार्थ म्याक्स टाइगरको बिर्कोमा परेको स्मार्ट टिभी सोमबार बिहान साहलाई हस्तान्तरण गरिएको छ । कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम हमाल र लाहानका अधिकृत विक्रेता नीरस चौधरीले संयुक्त रूपमा टिभी हस्तान्तरण गरे ।
स्थानीय खुट्टी खोला–किनारमा आइतबार साँझ छठ पूजा हेर्न गएका वेला प्यास लागेपछि खरिद गरेको म्याक्स टाइगर खोल्दा उपहारस्वरूप परेको स्मार्ट टिभी पाउँदा खुसी लागेको उनले बताए । कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक हमालका अनुसार कम्पनीले बजारमा ल्याएका म्याक्स टाइगरका अन्य क्यानहरूमा नगदसहित स्मार्ट टिभी, वासिङ मेसिन उपहारका रूपमा राखिएका छन् ।