१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Monday, 01 July, 2024
२o७९ कार्तिक १६ बुधबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पपीडितको ६६ लाख ठगेर भागेका ठेकेदार तीन वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o७:२५:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले भूकम्पले भत्किएका घर पुनर्निर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर तीन वर्षदेखि फरार भएका एकजना ठेकेदारलाई पक्राउ गरेको छ । 

प्रहरीले मकवानपुरको बकैया गाउँपालिका– १०, अम्मासबेँसी बस्ने वर्ष ४७ का ठेकेदार यमबहादुर थोकरलाई पक्राउ गरेको हो । ०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारविहीन भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि सरकारले तीन लाख रुपैयाँको व्यवस्था गरेको थियो ।

उक्त रकमले घर नबन्ने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोपाडेस)मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँ दिएको थियो । थप रकमसहित ०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले लिएका थिए ।

उनले भूकम्पपीडितको डिपिसीसम्मको घर निर्माणकार्य गरी सरकारबाट भूकम्पपीडितहरूलाई दोस्रो किस्ताबापत दिएको एक लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएर फरार रहेको पीडितले बताएका छन् । 

भूकम्पपीडितको घरको डिपिसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका थोकरलाई तीन वर्षपछि पक्राउ गरिएको लमजुङका डिएसपी प्रकाश श्रीमलले बताए । 

पक्राउ परेका थोकरउपर कात्तिक ६ गते ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad