मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार o६:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सन्दीपले दिए ‘इन्कारी’ बयान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o६:४९:oo

थुनछेक बहस आजबाट सुरु हुने, कसुर प्रमाणित भए  १० देखि १२ वर्षसम्म कैद सजाय हुने

बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारबाट सुरु हुने भएको छ । अदालतले मंगलबार नै बयान लिने काम पूरा गरेको हो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गराएको थियो । सोही आधारमा अदालतले मंगलबार उनीविरुद्ध बयान लिएको थियो । 

जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपविरुद्धको बयान सुरु भएको थियो । इजलासमा उनले ‘इन्कारी’ बयान दिएका छन् । उनको पक्षबाट बहस गरिरहेका अधिवक्ता सुवास पाठकले सन्दीपले आफू निर्दोष भएको र बालिकाकै करबलमा नगरकोट पुगेको बयान दिएको बताए । ‘इजलासमा सन्दीपले इन्कारी बयान दिएका छन् । बालिकाकै करबलमा होस्टेलमा भेट्न पुगेको, नगरकोट पनि उनकै जोडबलमा पुगेको र जबर्जस्ती करणी नगरेको भनेका छन्,’ उनले भने ।

अधिवक्ता पाठकका अनुसार सन्दीपविरुद्ध बुधबार थुनछेक बहस हुने भएकाले अदालतको आदेश साँझसम्म आउन सक्नेछ । ‘सन्दीपविरुद्धको अभियोग अदालतमा दर्ता भएको छ । मंगलबार थुनछेक बहस सकिएकाले अदालतको आदेश आउन बुधबार साँझसम्म लाग्ला,’ उनले भने ।

सन्दीपविरुद्ध मुलुकी अपराधसंहिता ऐन ०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाई १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ । जसअनुसार कसैले पनि मञ्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकासँग यौन सम्बन्ध राखे त्यो जबर्जस्ती करणी गरेको ठहरिनेछ । ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ,’ दफामा भनिएको छ ।

सोही दफाको उपदफा ३ को ‘घ’मा १६ वर्ष वा त्यसभन्दा माथि १८ वर्षभन्दा कम उमेरको महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । जाहेरीमा उल्लेख भएअनुसार बलात्कृत बालिका १७ वर्षकी छिन् । त्यसो हुँदा कसुर प्रमाणित भए सन्दीपविरुद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ ।  प्रहरीले सन्दीपविरुद्ध २० असोजबाट गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिन र दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो ।