मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक १५ मंगलबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा घरमा आगलागी हुँदा १५ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार १६:४४:oo

ताप्लेजुङको फक्ताङलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। फक्ताङलुङ –४ इखाबुमा मंगलबार बिहान मंगलबहादुर तामाङको घरमा आगलागी भएको हो।

आगलागीबाट उनको घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा कोही नभएको समयमा विद्युत् सर्ट हुँदा बिहान करिब ११ बजेतिर आगलागी भएको हो। 

स्थानीय रानी आधारभूत विद्यालयनजिकैको उक्त घरमा धुरीबाट आगो बल्न थालेकाले निभाउन नसकिएको प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताए। आगलागीबाट घरसहित अन्न, लत्ताकपडालगायत सबै सामान जलेर नष्ट हुँदा करिब १५ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ।