१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ कार्तिक १५ मंगलबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : सेमिफाइनलको सम्भावना राख्दै अस्ट्रेलिया

आयरल्यान्डलाई ४२ रनले निराश पारेको अस्ट्रेलियाले चार खेलबाट पाँच अंक जोडेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार o७:o४:oo

कप्तान आरोन फिन्चको अर्धशतक मद्दतमा आयरल्यान्डमाथि ४२ रनको जित निकाल्दै अस्ट्रेलियाले जारी आइसिसी पुरुष टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । आयरल्यान्डविरुद्धको जितसँगै अस्ट्रेलिया सुपर १२ अन्तर्गत समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको अस्ट्रेलियार न्युजिल्यान्डले समान पाँच अंक बनाएका छन् ।

न्युजिल्यान्डले अस्ट्रेलियाको तुलनामा एक खेल कम खेलेको छ । तीन खेल खेलेको इंग्ल्यान्ड र आयरल्यान्डको समान तीन अंक छ । इंग्ल्यान्डले आयरल्यान्डभन्दा एक खेल कम खेलेको छ । श्रीलंका र अफगानिस्तानको दुई अंक छ । अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्नेछ । यस खेल जिते अष्ट्रेलिया अन्तिम चार प्रवेश गर्न अन्य टोलीको प्रदर्शनमा भर पर्नुपर्नेछ । 

लर्कानको अविजित इनिङ्स 
पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । प्रत्युत्तरमा आयरल्यान्ड १८.१ ओभरमा एक सय ३७ रनमै समेटियो । घरेलु टोली अष्ट्रेलियाविरुद्ध आयरल्यान्डका विकेटकिपर ब्याट्सम्यान लोर्कान टकरले अविजित अर्धशतकीय इनिङ खेले । ४८ बलमा उनले आक्रामक ब्याटिङ ७१ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा नौ चौका र एक छक्का प्रहार गरेका थिए । गेराथ डेलानीले १४ रन तथा पाउल स्टर्लिङ र कार्म एडरले समान ११ रन जोडे । यसबाहेक आयरल्यान्डका अन्य खेलाडी दोहोरो रन बनाउन सकेनन् ।  

कप्तान फिन्चको बलियो ब्याटिङ 
अस्ट्रेलियाका कप्तान फिन्चले आयरल्यान्डविरुद्ध सर्वाधिक ६३ रनको योगदान दिए । खेलकै म्यान अफ दी म्याच फिन्चले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १४३.१८ रह्यो । मार्कुस स्टोनिसले ३५ रन जोडे । मिचल मार्स २८ रन, टिम डेभिड १५ र ग्लेन म्याक्सवेलले १३ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

आठ रनमा डेभिड वार्नरलाई पहिलो विकेटको रूपमा अष्ट्रेलियाले गुमाएको थियो । फिन्चले मिचल मार्ससँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि फिन्च र मार्कुसबीच ७० रनको साझेदारी हुँदा अष्ट्रेलिया सम्हालिएको थियो । आयरल्यान्डका लागि ब्यारी म्याकर्थीले सर्वाधिक तीन विकेट लिए । चार ओभर पूरा बलिङ गरेका बेरीले २९ रन खर्चिएका थिए । 

ad
ad
ad
ad