मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक १५ मंगलबार o६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिमा बुढो र तन्नेरी भन्ने हुँदैन, विचार नै ठूलो हो : केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार o६:४o:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा उमेरले फैसला नगर्ने बताएका छन् । बाग्लुङ १ बाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका केसीले सोमबार बाग्लुङ बजारमा पाँचदलीय गठबन्धनका दलहरूको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले आफू ८० वर्ष कटे पनि राजनीतिमा बुढो नभएको भन्दै अझै केही गर्ने जोस र जाँगरका साथ उम्मेदवारी दिएको बताए । ‘मलाई प्रतिपक्ष दलका युवा साथीहरूले बुढो भन्ने गर्नुभएको रहेछ । उहाँ तन्नेरी पाँच वर्ष संसद्मा गइरहँदा के गर्नुभयो ?’ केसीले प्रश्न गरे, ‘जनताले जवाफ चाहेका छन् । म बुढो भए तन्नेरीले केही गरेर देखाएको भए हुन्थ्यो नि । किन नगरेको ? त्यसैले राजनीतिमा बुढो र तन्नेरी भन्ने हुँदैन । विचार नै ठूलो कुरा हो ।’

छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको केसीले आरोप लगाए । उनले नेपालबाट धर्मनिरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूलाई हराउने खेल भएको भन्दै आफ्नो मुद्दामा सधैँ अडिग रहेका कारण आफू नहार्ने दाबी गरे ।

लोकतन्त्रको रक्षाका निम्ति आफ्नो उम्मेदवारी आवश्यक भएको केसीको भनाइ छ। उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाहरूले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्न सक्ने आशंका व्यक्त गरे ।