१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइने

प्रत्येक पालिकामा नमूना मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२९:oo

निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि घरदैलोमा पठाउने भएको छ।

मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहमार्फत प्रत्येक वडामा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर पठाउन लागेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। त्यसमा आयोगले सबै स्थानीय तहको साथ, सहयोग र समन्वय खोजेको उनको भनाइ छ।

अर्यालका अनुसार मतदाता शिक्षाका लागि जनशक्ति तयार पार्न विभिन्न किसिमका तालिम सम्पन्न भइसकेको छ। छपाइ भएको सामग्री जिल्लामा पुगिसकेको छ।

१८ कात्तिकबाट सुरु हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसरहरू वितरण गरिनेछ। साथै प्रत्येक मतदाता शिक्षा कार्यकर्तालाई एक–एक फ्लिप चार्टर (नछुटाई बताउनुपर्ने विषयवस्तु समेटिएको सामग्री, मतदानको महत्त्व, कसरी र किन गर्ने, आचारसंहिताको महत्त्वलगायत आधारभूत कुराहरू समेटिएको सामग्री) दिएर मतदातालाई भन्नैपर्ने कुराहरू जानकारी गराइने आयोगले जनाएको छ।

उनीहरूलाई स्थानीय तहले एक दिनको अभिमुखीकरण तालिम दिएर परिचालन गर्नेछ । १८ कात्तिकदेखि १ मंसिरसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । मतदाता शिक्षा कार्यकर्ताले मतदाता शिक्षा बढी आवश्यक भएको अल्पसंख्यक, सीमान्तकृत समुदायलाई प्राथमिकता दिनेछन्।

यसबाहेक रेडियो, टेलिभिजन र छापा माध्यमबाट पनि मतदाता शिक्षालाई तीव्रता दिइने अर्यालले बताए। सेलेब्रिटी र लोकप्रिय व्यक्तिबाट विज्ञापन बनाइने, सांगीतिक भक्स–पपहरू पनि आयोगले बनाउने तयारी गरेको छ।

सहायक प्रवक्ता अर्यालका अनुसार मतदाता शिक्षाअन्तर्गत आयोगले सबै पालिकामा नमुना मतदानसमेत गराउनेछ। पालिकाको केन्द्रमा सबै वडाका मतदाता समेटेर नमुना मतदान गराइने उनले जानकारी दिए।

ad
ad