![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/gosai-kunda2021-10-10-09-16-39.jpeg)
काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । काठमाडौंबाट धुन्चेसम्म बसमा यात्रा गर्न सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीबिना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ ।
एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक हप्तामा छुट्याउनुपर्छ । गोसाइँकुण्ड जानलाई धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । चल्तीको पदमार्ग भने काठमाडौ–धुन्चे–गोसाइँकुण्ड नै हो ।अर्को, काठमाडौं–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो आउँछ । कमै यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्छन् ।
के–के लैजाने ?
समुद्रि सतहदेखि गोसाइँकुण्ड चार हजार तीन सय ८० मिटरको उचाइमा छ । जहाँ लेक लाग्ने सम्भावना प्रवल हुन्छ । लेक लाग्ने तथा पैदल यात्रा धेरै गर्नुपर्ने भएकाले रेनकोट, स्लिपिङ व्याग, न्यानो कपडा, टोपी, ज्याकेट, पन्जा, ड्राइफुड, चकलेट, लसुन, अदुवा, सातु, थर्मस आदि बोक्नुपर्ने हुन्छ । सिटामोल र अल्टिच्युड सिकनेसका औषधि बोक्न बिर्सिनुहुन्न ।