१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर ३ : पम्फाको दोहोरिने योजनामा अमृत तगारो

उम्मेदवारहरूको साझा एजेन्डा– कृषि, खानेपानी र यातायातको समस्या हल गर्ने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१o:oo

विगतमा पनि म यस क्षेत्रको चौतर्फी विकासमा लागेकी छु । यहाँको पूर्वाधार र सम्पदा क्षेत्रमा धेरै काम भएका छन् । ललितपुरका कला र हस्तकलालाई ब्रान्डिङ गर्नेतर्फ मेरो ध्यान जानेछ । विगतमा सुरु गरेका, तर पूरा नभएका र नयाँ योजनामा पनि काम गर्छु ।
 

ललितपुर ३ सहरी इलाकाअन्तर्गत पर्छ । यो क्षेत्रमा गोदावरी नगरपालिकाका दुई वडा (वडा नम्बर १२ र १४) र ललितपुर महानगरका २० वडा पर्छन् । ललितपुर ३ अन्य क्षेत्रको तुलनामा सम्पन्न र विकसित मानिन्छ । यहाँको समस्या भनेको भित्री सडक व्यवस्थापन, खानेपानी र यातायात नै हो । तर, यी विषयलाई उम्मेदवारहरूले प्राथमिकतामा राखेको पाइन्न ।

क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्का, माओवादी केन्द्रकी पम्फा भुसाल, राप्रपाका निरञ्जनविक्रम थापा र स्वतन्त्र उम्मेदवार राजाराम तण्डुकारबीच प्रतिस्पर्धा हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । शनिबार आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यो क्षेत्रमा यसअघि भुसालले चुनाव जितेकी थिइन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेका अमृत खड्काले वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने विषयलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । ‘ललितपुरका वन क्षेत्रमा रिट्ठा तथा कफी उत्पादनको सम्भावना निकै राम्रो छ । यसबाहेक जडीबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गर्न सकिन्छ । यसले रोजगारी सिर्जना गर्छ,’ उनले भने ।

ललितपुरको वन क्षेत्र रिट्ठा तथा कफी उत्पादनमा निकै राम्रो मानिन्छ । यसबाहेक अन्य जडीबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गर्न सकिन्छ । यसले थप रोजगारी सिर्जना गर्छ ।

माओवादीकी उम्मेदवार पम्फा भुसालले अघिल्लोपटक पनि यस क्षेत्रमा आफूले जितेर चौतर्फी विकास गरेको दाबी गरिन् । अब यहाँको पूर्वाधार र सम्पदाको विकासमा थप काम गर्ने बताइन् । ‘ललितपुरका अद्धितीय कला र हस्तकलालाई ब्रान्डिङ गर्नेतर्फ मेरो ध्यान जानेछ,’ उनले भनिन्, ‘विगतमा सुरु गरेका, तर पूरा नभएका र नयाँ योजनामा काम गर्छु ।’ स्वतन्त्र उम्मेदवार राजाराम तण्डुकारले दलका उम्मेदवारले निःस्वार्थ रूपमा विकास र पूर्वाधारको क्षेत्रमा काम नगरेकाले आफूहरू उम्मेदवार बनेको बताए । ‘ललितपुर ३ मा शीर्ष नेताहरू छन्, तर यहाँको शिक्षा, स्वास्थ्य, यातायात सर्भसुलभ पार्न कसैले ध्यान दिएनन्,’ उनले भने, ‘यी एजेन्डलाई हामीले मुख्य रूपमा अघि सारेका छौँ ।’

 प्रतिनिधिसभामा १७ उम्मेदवार प्रतिस्पर्धामा
नीरञ्जन थापा (राप्रपा)
निरज लवजू (नेमकिपा)
किरण शाही (लोसपा, नेपाल)  
धीरेन्द्र सोडारी (जरोकिलो पार्टी)
राजाराम तण्डुकार (हाम्रो नेपाली पार्टी)
राजेन्द्रप्रसाद ओझा (राप्रपा नेपाल)
विष्णुकुमार लिम्बु (संघीय लोकतान्त्रिक)
चिरञ्जीवी सापकोटा (नेस्नलिस्ट पिपल्स पार्टी)
सपना महर्जन (आमूल परिवर्तन मसिहा पार्टी)
कविता राई (नेपाल आमा पार्टी) 
स्वतन्त्र : रघुनाथ केसी, राधे श्याम खड्का, कृष्ण भक्त ब्रह्मचार्य, चिरन थापा, विष्णु महर्जन, जेसन देज वैद्य, सञ्जय महर्जन

 

 

मतदाता भन्छन्–  सडक पूर्वाधारमा सास्ती खेप्नुपरेको छ
ललितपुर ३ का मतदाता भने विगतमा सांसदहरूले खेलेको भूमिकाप्रति सन्तुष्ट छैनन् । सातदोबाटोका देवीदत्त पौडेलले यसअघिका उम्मेदवारहरूले जिल्लामा विकास निर्माण र पूर्वाधारमा उल्लेखनीय काम गर्न नसकेको बताए । ‘नीति–निर्माण तहमा यस क्षेत्रमा नेताहरूको सन्तोषजनक उपस्थिति छ, तर यहाँका विकास निर्माण र पूर्वाधारको क्षेत्रमा भने उहाँहरूको भूमिका गतिलो छैन,’ उनले भने, ‘काठमाडौं भद्रगोल भए पनि ललितपुरको पूर्वाधार र यातायात व्यवस्थित गर्न सकिने अवस्था थियो, तर भएन ।’

ललितपुर बार एसोसिएसनका अध्यक्ष अर्जुन महर्जनले यस क्षेत्रको सडक विस्तारमा ध्यान दिनुपर्ने बताए । उनले ढोलाहिटीदेखि चापागाउँसम्मको सडक, एकान्तकुना भैँसेपाटी सडक, हरिसिद्धि गोदावरी सडक विस्तारमा सांसदले राम्रो भूमिका नदेखिएको बताए । उनले यी सडक मुआब्जा र ऐतिहासिक बस्तीका कारण विस्तार हुन नसकेपछि विगतमा समस्या समाधान गर्नेबारे जिल्लाका नेता तथा सांसदले चासो नदिएको बताए । ‘यहाँको मुख्य समस्या भनेको सडक पूर्वाधार नै हो,’ उनले भने, ‘यसलाई अहिलेका उम्मेदवारहरूले गम्भीरताका साथ लिनुपर्छ ।’ 

 

 

ad
ad