मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Wednesday, 18 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ कार्तिक ११ शुक्रबार १८:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मालबाहक कन्टेनर चिनियाँ सहरबाट सीधै काठमाडौं ल्याउने तयारी

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १८:o८:oo

मित्रराष्ट्र चीनको व्यापारिक सहरबाट उत्तरीमार्ग तातोपानी र रसुवा हुँदै मालबाहक कन्टेनर सीधै काठमाडौं ल्याउने तयारी गरिएको छ। चीन स्वशासित क्षेत्र तिब्बतमा भर्खरै स्थापना भएको आडो लजिस्टिक कम्पनीले चिनियाँ सामान सीधै काठमाडौं ल्याउने योजना बनाएको हो। 

नेपालका लागि सामान क्यारिङ गर्ने १५ चिनियाँ कम्पनी तिब्बत र सीमा क्षेत्रमा क्रियाशील छन्। कतिपय पुराना क्यारिङ  र कस्टम क्लियरेन्स कम्पनीले पालो मिलाउने नाममा कन्टेनरबाट तीन लाखसम्म अवैध रकम असुलेर नेपाली व्यापारीलाई दुुःख दिने गरेका छन्। 

सिंगात्से, केरुङ र न्यालम क्षेत्रका पार्किङमा रोकिएका कन्टेनरसँग महँगो पार्किङ शुल्क लिने गरिएको छ। १५ दिनभित्र काठमाडौं आइपुग्नुपर्ने सामान तिब्बत क्षेत्रमा महिनौँ अड्किँदा नेपाली व्यापारीले नोक्सानी ब्यहोरिरहेका छन्। 

उत्तरी नाकाबाट व्यापार गर्ने नेपाली लगानीकर्ताको पिरमर्कालाई मध्यनजर गरेर आडो लजिस्टिकले व्यापारिक सहर ग्वान्झाओ, इयू र फुजियानबाट सामान हालेर सीधैँ काठमाडौं ल्याउने तयारी गरेको कम्पनीका मालिक चिनियाँ नागरिक सोनाम पाल्डेनले जानकारी दिए। 

‘नेपाली व्यापारीले खरिद गरेका सामग्री ४० फिटको कन्टेनरमा हालेर रेलबाट सिंगात्से ल्याइनेछ। त्यसपछि तातोपानी र रसुवा पुर्याइनेछ,’ पाल्डेनले भने,‘सुरुमा हामी तातोपानी र रसुवा ल्याएर परीक्षण गछौँ। त्यसपछि सीधै काठमाडौं लान्छौँ।’