मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक १० बिहीबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा कैदीबन्दीले लगाए कारागारमै भाइटीका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १० बिहीबार २o:५४:oo

लमजुङ कारागारका कैदीबन्दीले कारागारमै भाइटीका लगाएका छन्। बिहीबार ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको कारागारका जेलर ताराबहादुर तामाङले बताए।

कैदीबन्दीलाई मूलगेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने व्यवस्था मिलाएको जेलर तामाङले बताए। कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन गरेको थियो। 

कैदभुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए। ३५ जना क्षमता रहेको कारागारमा हाल १ सय ४ जना कैदीबन्दी छन्। जसमध्ये कारागारमा हाल ५ जना महिला कैदीबन्दी छन्।