१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २३ आइतबार १८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीले प्रतिगमनविरुद्ध आन्दोलन गरेको छ : सत्तागठबन्धन

कर्णालीमा पाँच दलीय गठबन्धनको भेला सम्पन्न

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:o८:oo

कर्णालीमा पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। चुनावलाई लक्षित गरेर आयोजना गरिएको भेलालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गरेका थिए।

अगुवा कार्यकर्ता भेलालाई कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेकका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका छन्।

गठबन्धन समय आवश्यकता : देउवा

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समयको आवश्यकताले गठबन्धन बनेको बताएका छन्। संविधान, गणतन्त्र र संघीयतामा प्रहार हुन थालेपछि गठबन्धन बनेको बताएका हुन्।

लोकतन्त्र, संविधान, गणतन्त्र र संघीयतामा प्रहार भएपछि त्यही समयको आवश्यकताले गठबन्धन बनेको प्रधानमन्त्री देउवाले बताए। ‘संविधानको रक्षा गर्न आवश्यक छ। 

'गणतन्त्रको रक्षा गर्न आवश्यक छ। संघीयताको रक्षा गर्न आवश्यक छ,’ उनले भने, ‘यसैको रक्षाका लागि गठबन्धन बनेको हो।’

गठबन्धनमा मतदान गरेर देशको रक्षा गर्न उनले सबैलाई आग्रह गरे। ‘देश अहिले गम्भीर मोडमा उभिएको छ। देश चुनावपछि कता जाने? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी छ।’ उनले भने, ‘गठबन्धनको सरकारले नै हो संविधानको रक्षा गर्ने हो।’

कर्णालीका देशकै पिछडिएको क्षेत्र रहेको र यहाँ जलविद्युत्, खानी, र जडीबुटीको सम्भावना धेरै रहेको उनको भनाइ थियो। ‘कर्णालीको विकासको लागि हामी सधैँ लागेका छौँ।’ उनले भने, ‘भावी दिनमा हामीले कर्णाली समृद्धिका लागि काम गर्नेछौँ।’

टिकट नपाएको झोँकमा नरिसाउन उनले पार्टी कार्यकर्तालाई आग्रह गरे। ‘पार्टीमा नै भविष्य छ। भोलि राष्ट्रिय सभाको निर्वाचन आउँदै छ। राजदूत अन्य ठाउँमा नियुक्ति पनि हुन्छ,’ उनले भने, ‘अहिले नै आत्तिन आवश्यक छैन।'

कर्णालीले प्रतिगमनविरुद्ध आन्दोलन गरेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीले प्रतिगमनविरुद्धको आन्दोलनको नेतृत्व गरेको बताएका छन्।

सुर्खेतमा वीरेन्द्रनगरमा पाँचदलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा कर्णालीले प्रतिगमनविरुद्ध आन्दोलनको नेतृत्व गरेको बताएका हुन्। 

कर्णालीमा माओवादीको सरकार बचाउन फ्लोरक्रस गरेका पूर्वएमालेका सांसदहरूप्रति लक्षित गर्दै प्रतिगमनविरुद्धको आन्दोलनको नेतृत्व गरेको उनले बताएका हुन्।

‘तपाईंहरूले प्रतिगमनविरुद्ध गरेको आन्दोलनलाई सम्मान गर्दै गठबन्धनका अन्य दल बलिया भएको ठाउँमा पनि हामीले तपाईंको सम्मान गर्दै टिकट दिएका छौं,’ उनले भने, ‘गठबन्धनलाई त्यसैको आधारमा बनेको हो,’ उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम-लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने बताए।

गठबन्धन ऐतिहासिक : नेपाल

गठबन्धन ऐतिहासिक भएको एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। सुर्खेतमा वीरेन्द्रनगरमा पाँचदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका हुन्। 

ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोसिस गरेकोले अहिले गठबन्धन आवश्यक रहेको अध्यक्ष नेपालले बताए। ‘गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेर लोकतन्त्रको हत्या गर्न खोजियो,’ उनले भने, ‘मैले ओलीलाई सुधार्न निकै प्रयास गरे। तर, ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सञ्चालन गरे। हामीले धेरै सुधार्ने कोसिस गर्दा पनि सुध्रेनन्।’
 
कर्णाली प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरूले गरेको योगदान गरेको बताए। ‘हामीले पहिलोपटक प्रतिगमनकारी शक्तिलाई पराजित गर्न कर्णालीबाट विद्रोह गरेका थियौँ,’ उनले भने, ‘गठबन्धनको जग यही प्रदेशबाट बनेको हो।’ 


 

ad
ad