१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Wednesday, 03 July, 2024
२o७९ कार्तिक ६ आइतबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

२४ घन्टा बित्दा पनि भेटिएनन् बबईमा डुबेका किशोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १४:o८:oo

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घन्टा बित्दा पनि भेटिएका छैनन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आइतबार दिउँसो पौने २ बजेसम्म पनि भेटिएका छैनन्।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरू डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको अवस्थामा रहेको हुन सक्ने भएकाले पनि भेट्टाउन गाह्रो भएको छ। स्थानीयहरू पानीमुनि गएर खोज्दा पनि भेट्टाउन सकेका छैनन्। खोजीकार्यका लागि बाँकेको शमशेरगन्जबाट गोताखोरको टोली बोलाइएको छ। 

शनिबार दिउँसो नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका– २ सिमलकुनानिवासी अन्दाजी १५–१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण– २ स्थित मामाघर आएकी अन्दाजी १४–१५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्।

तुलसीपुर उपमहानगरपालिका– ११ र दंगीशरण गाउँपालिका– २ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए। तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएका थिए भने दंगीशरण– २ सिमलकुनाकी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन्। उनीहरू दुवैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए।

ad
ad
ad
ad