मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक ४ शुक्रबार १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाको दाबी- भोलि पनि गठबन्धनकै सरकार बन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १९:५४:oo

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

गठबन्धनबीच आपसी शंका, उपशंका हुनु नहुने बताउँदै उनले राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै आफूहरु भएको दाबी गरे। प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध आउने कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई सजग गराए। 

आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गर्दै उनले भने, ‘अहिलेका लागि गठबन्धनको खिलापमा ठूलो तागत लागिरहेको छ। राजावादीले राष्ट्रवादी हुँ भन्न थालिसके । हद हुन्छ नि । राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन । राष्ट्रवादी पनि हामी हौँ । प्रजातन्त्रवादी पनि हामी हौँ । समाजवादी पनि हामी हौँ । लाल सलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हाैँ । यो गठबन्धनलाई कुनैपनि बाहानामा एक अर्का पार्टीकाप्रति शंका, उपशंका गर्ने काम नगरौँ। अहिलेको लागि गठबन्धन अपरिहार्य छ । आवश्यक छ । भोलिको दिनमा पनि गठबन्धनकै सरकार बन्ने हो।’

उनले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु कांग्रेसको कर्तव्य भएको बताए। 

तस्बिर : रासस