Skip This
फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक ४ शुक्रबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १८:३३:oo

ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ। जंगलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा ती गहना शुक्रबार प्रहरीले फेला पारेको हो।

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। सुनका गहना फुङलिङ– ४ स्थित एक झाडीको फोहोरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए। 

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट एक सय ४३ तोला सुनका गरहगना र नगद रु. ६ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो। कञ्चन मनी ट्रान्सफर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५०  लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्।