१९ स्वर्ण पदकसहित नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। सर्वाधिक पदक हात पार्दै च्याम्पियन बनेको आर्मीले १९ स्वर्णसँगै १३ रजत र १३ कांस्य गरी कुल ४५ पदक आफ्नो नाममा लेखाएको छ।
१० स्वर्ण, १० रजत र १० कांस्य गरी कुल ३० पदकसहित सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो, दुई स्वर्ण, आठ रजत र ६ कांस्य गरी १६ पदकसहित नेपाल पुलिस क्लब तेस्रो भयो।
यसैगरी, बागमती प्रदेशले दुई स्वर्ण एक रजत र ४ कांस्य गरी सात पदक, दुई स्वर्ण तीन रजत र एक कांस्य गरी लुम्बिनी प्रदेशले ६ पदक, गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र दुई कांस्य गरी चार पदक, कर्णाली प्रदेशले एक स्वर्ण र एक रजत र सुदूरपश्चिम प्रदेशले एक कांस्य पदक जिते।