१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावमा दुष्प्रचार रोक्न भारतलाई चिठ्ठी लेख्दै निर्वाचन आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १o:५२:oo

निर्वाचन आयोगले आसन्न निर्वाचनमा सीमाबाहिरबाट हुने मिथ्या सूचना दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति रोक्न छिमेकी देशलाई अनुरोध गर्ने भएको छ । खासगरी तराईका जिल्लासँग जोडिएका भारतका बिहार, उत्तराखण्ड, उत्तरप्रदेशसहित अन्य राज्यबाट नेपालको निर्वाचनलाई प्रभावित पार्ने गरी हुन सक्ने दुष्प्रचार रोक्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई अनुरोध गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 

बुधबार सञ्चारकर्मीसँगको भर्चुअल अन्तर्क्रियामा बोल्दै प्रमुख आयुक्त थपलियाले भने, ‘सीमाबाहिरबाट निर्वाचन प्रभावित पार्न सक्ने खतरालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयमार्फत भारतलाई अनुरोध गर्ने तयारी छ । स्थानीय तह निर्वाचनमा पनि भारतलाई अनुरोध गरेका थियौँ ।’ थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्तिविरुद्धको लडाइँमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए । सूचनामा सहजीकरण ल्याउन प्रेस अफिस सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
 
थपलियाले निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुन नहुने र निष्ठाको निर्वाचन हुनुपर्नेमा जोड दिए ।
‘सामाजिक सञ्जालले निर्वाचनको स्वच्छता प्रभावित हुनुहुँदैन । स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचनमा सञ्चारमाध्यमको भूमिका अझै महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।  थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति रोक्न आचारसंहितामै परिभाषित गरेर अझै व्यवस्थित गरिएको भन्दै सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीतिजस्तै आयोगले पहिलोपटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नीति पनि लागू गरेको बताए । 

‘आयोग कुनै पनि माध्यमको नियन्त्रण होइन, नियमन र स्वनियमन चाहन्छ । स्वच्छन्दता होइन, स्वायत्त चाहन्छ । अराजकता होइन, स्वतन्त्र भूमिका चाहन्छ । सञ्चारमाध्यमले स्वमूल्यांकन र स्वनियमको प्रयास आजैदेखि लागू गरौँ । निष्पक्ष र स्वच्छ चुनावका लागि सबै लागौँ,’ उनले भने ।  
 

ad
ad
ad
ad