१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ कार्तिक २ बुधबार २२:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

१५० सिट जित्ने ओलीको दाबी, भन्छन् – कांग्रेसले ९० पनि जित्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार २२:३७:oo

ओली भन्छन्– 
कांग्रेसले ९० सिट पनि जित्दैन
जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्छन्
लोसपा राष्ट्रिय पार्टी बन्दैन

एकीकृत समाजवादी बढारिन्छ

अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर एमाले निर्वाचनमा होमिएको बताएका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ एक सय ५० सिट ल्याउने उनको दाबी छ । 

बुधबार झापाको दमकमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले एक्लैले सरकार बनाउने बताए । ‘एमालेप्रति लहर बढ्यो । अब कुनै गठबन्धनको छेस्काछेस्कीले छेक्नेवाला छैन । प्रत्यक्षतर्फ सय सिटभन्दा तल ल्याउने ठाउँ छैन,’ ओलीले भने, ‘समानुपातिकमा कमसेकम ५० सिट ल्याउँछौँ । त्यसकारण अबको मिसन १५० ।’ उनले कांग्रेसको ९० सिट पनि नआउने जिकिर गरे । 

उनले प्रत्यक्षमा राप्रपा र जसपासँग तालमेल भए पनि समानुपातिकमा एक मत पनि नचुहाउन कार्यकर्तालाई निर्देशन दिए । आउँदो निर्वाचनबाट राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी गरेका ओलीले एकीकृत समाजवादीलाई सिमलीको डाँक्लाको छेस्को भन्दै राष्ट्रिय पार्टी नबन्ने दाबी गरे । 
‘राप्रपाले हामीसँग सहकार्य गर्यो । राप्रपा राष्ट्रिय पार्टी बन्छ । जसपा कायम रहन्छ । लोसपा राष्ट्रिय पार्टी बन्दैन । सिमलीको डाँक्लाको छेस्को (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन । किनकि यसले एमालेसँग टक्कर गर्यो,’ ओलीले भने, ‘दुईवटा पार्टी राष्ट्रिय पार्टी बन्छ । अर्कोपल्टलाई पनि चाहिन्छ । उनीहरूलाई देश बिगारेको दण्ड दिनुपर्छ ।’

सरकारको दिनगन्ती सुरु भयो 
अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती सुरु भएको दाबी गरे । ‘यो सरकारको आयु कमिला, लामखुट्टेभन्दा पनि छोटो छ । म्यादी सरकार हो यो,’ उनले भने, ‘यसको दिनगन्ती सुरु भयो । अब एक महिना दुई दिन बाँकी छ ।’ 

ओलीले सत्तारूढ गठबन्धन भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाए । सत्तारूढ गठबन्धनले गरेको भ्रष्टाचारको हिसाबकिताब दिन आफू तयार रहेको उनको भनाइ थियो । यो गठबन्धन सरकारलाई नै जनताले अनुमोदन गरे देश कंगाल हुने चेतावनी दिँदै उनले भने, ‘यो निर्वाचनले विकासको अभियान अघि बढाउने कि नबढाउने, सुशासन ल्याउने कि नल्याउने भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ ।’ 

उनले झापामा तालमेलमा रहेका दलले धोका नदिने दाबी गरे । एमालेले पनि सँगै हिँडेका दललाई धोका नदिने भन्दै उनले अरूले पनि धोका नदिने विश्वास व्यक्त गरे । 

ad
ad
ad
ad