१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई २४ घन्टे स्पष्टीकरण

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:४९:oo

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो । 

वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा कांग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन ०७९ को आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने’ व्यवस्था छ । 

सोही दफाको खण्ड (क) मा ‘तर, स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको छ । 

आयोगले सोही व्यवस्था स्मरण गराउँदै स्पष्टीकरणमा भनेको छ, ‘स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षले काठमाडौं महानगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको हो, होइन ?’

पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदारहँदै काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, ०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो ? भनी जवाफ माग गरिएको छ ।

ad
ad